पाइला पाइलाको सहयात्री आस्था फुट्वयर 

रवि भुल, धनगढी- पाइला पाइलाको सहयात्री आस्था फुट्वयर ईन्डट्रिज प्रा. लीले धनगढीमा शाखा कार्यालय विस्तार गरि सेवा दिई रहेको छ ।

२०७५ सालमा चप्पलको उत्पादन सुरु गरेको आस्थाले पछिल्लो समय सुदूरपश्चिमका चप्पल प्रयोगकर्ताको रोजाईमा पर्ने गरेको छ ।

आस्थाले पियु, इभा, हवाई चप्पलहरुको उत्पादन गर्ने गरेको सुदूरपश्चिमको सेल्स एण्ड मार्केटिङ म्यानेजर सुर्दशन पाण्डेले बताए । यो सुदूरपश्चिममा पहिलो शाखा हो, यहाँ वाट वार्षिक ८ देखि १० करोडको चप्पलहरु विक्रि गरिरहेको उनले बताए ।

आस्थाले लेडिज, जेन्स तथा बालबालिकाका लागि चप्पलहरु उत्पादन गर्ने गरेको र आस्थाको उत्पादन एकदमै बलियो हुने र स्टाईलिस भएकै कारण बजारमा पनि वढी माग भईरहेको म्यानेजर पाण्डेले जानकारी दिए ।

आस्थाको कारखाना लुम्विनी प्रदेशको बुटवलमा रहेको छ । त्यहाँ करिव ४०० जना कामदारहरुले चप्पल उत्पादन गर्नै गरेका र चप्पल देशभरिनै विक्रि भईरहेको आस्था फुटवयरका म्यानेजिङ डाईरेक्टर यज्ञ प्रसाद भुर्तेलले जानकारी दिए ।

बजारको माग  अनुसार आस्थाले चप्पलको उत्पादन गरिरहेको कारण पछिल्लो समय सवैको रोजाईमा अस्था पर्न गएको न्यु विएम फुटवयर धनगढीका प्रोपराईटर क्षितिज कार्कीले बताए ।

ग्रहकले रोजेको अनुरुपनै आस्थाले चप्पल उत्पादन गरिरहेको कारण सवैको रोजाईमा परेको विष्णु इपोरियम प्रा. ली धनगढीका सञ्चालक विकास गिरीले बताए ।

आस्था ब्राण्डको चप्पलको मुल्य अरु भन्दा कम भएको र क्वालिटि एकदमै राम्रो भएको न्यु कोपिला फेन्सी स्टोर धनगढीका सञ्चालक सुभास चौलागाई बताए ।

स्वदेशमा उत्पादन भएकोे गुणस्तरिय चप्पलहरुको प्रयोगलाई वढावा दिनु पर्ने विज्ञहरुले जोड दिएका छन् । यसले देशको अर्थतन्त्र सुधारमा पनि महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ ।

ad_wide