शान्ती प्रसाद जोशी धनगढी- सुदूरपश्मि प्रदेशको महिला फुटवल टोलीलाई यति बेला यता न उताको भएको छ । भदौ १६ गतेबाट काठमान्डौँमा सुरु हुने महिला फुटबल लिगको संघारमा पुग्दा सुदूरपश्मि प्रदेशको महिला फुटबल टिमको बिषयलाई लिएर ठुलो विवाद सिर्जना भएको छ ।
खेलको सेटअफमा एक महिना अगाडिबाट प्रशिक्षण दिदै आएका प्रशिक्षकको ठाउँमा आफुु हरुको वेवास्था गरी नयाँ टोली घोषणा गरेर राष्ट्रिय खेल खेल्न पठाएको भन्दै महिला फुटबल टोली विरोधमा उत्रिएको छ। २६ जना खेलाडी बन्द प्रशिक्षणमा खेलीरहेका तर आज आएर फुटबल संघले नयाँ टिम घोषणा गरेर जम्मा १८ जना खेलाडी लग्ने र त्यसमा पनि पूनः छनोट प्रक्रियामा लैजाने कुरा गरे पछि विवाद सिर्जना भएको सुदूरपश्चिम महिला फुटबल टिमले आज पत्रकार सम्मेलन गरेर दुखेशो पेखेका छन ।
नयाँ प्रशिक्षकले आफूहरुलाई नचिन्ने हुनाले उनीसँग प्रशिक्षण गर्न गाह्रो हुने हुदा आफुहरुले पुरानै प्रशिक्षक अभिवावकको रुपमा हुुनुु पर्ने माग रहेको सुदूरपश्चिम महिला फुटबल टिमकी कप्तान अञ्जली चन्दले बताइन्।
प्रशिक्षकले हौशला दिनुको साटो मैदानमा तिमीहरु १० मिनेट पनि खेल्न नसक्ने भनि खेलाडीलाई निरास बनाएको जिवन भरि जुन कुरालाई लक्ष बनाइएको थियो त्यस्को मुुखमा आई पुुग्दा आफ्नो गरेको मेहेनेत कसै अरुको भगमा पर्दा आफुुलाई आजसम्म गरेको प्रयासनै व्यर्थ लागेको भाइस कप्तान अस्मिता चौधरीले भावुक हुुदै भनिन ।
खेलाडीले पुरानै प्रशिक्षक र २६ जना खेलाडी नै काठमाडौं जान पाउनुपर्ने माग गरेका छन् । सो माग पुरा नगरे आफुहरुको सहमति नहुने खेलाडीहरुले जनाएका छन । क्वाली फायर भएका खेलाडीहरु अन्य कूनै प्रदेशले छनोट नगरेको तर हाम्रो सुदूरपश्मिमा मात्रै यस्तो गर्दा सुदू्रपश्चिम फुुटवल संघमाथिनै शङ्काको वातावरण पैदा भएको खेलाडीको गुनासो रहेको छ ।
यता फुटबल संघका अध्यक्षले भने हामीलाई चाहिने भनेको बि लाइसेन्स गरेको कोच हो। तर सुदूरपश्चिममा बी लाइसेन्स गरेकोे कोच कोही नभएकाले बाहिरबाट कोच मगाइएको हो । खेलाडीहरुले कोच मन परेन हामी हाम्रो पुरानै कोसँग जान्छौं भन्नु मूर्खता हो। हामीले खेलाडीलाई सम्पूर्ण व्यवस्था गर्दागर्दै पनि खेलाडीहरूनै आनाकानी गरेर पछाडि हटेका बताए । खेलाडीहरूको खेलको मुखैमा आउँदाखेरि गरेको यो जिद्दीले गर्दा आफूले नयाँ टोली पठाउनु परेको अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले त्यो टिमका खेलाडीहरूलाई केही व्यक्तित्वहरूले उचालिरहेको र यदि अझै पनि त्यो टिमबाट १२ जना खेलाडीलाई टिममा समावेश गर्न सकिने हुँदा आउन चाहने खेलाडीलाई आफूले सदैव स्वागत गर्ने बताए।
अध्यक्ष दिनेश श्रेष्ठले भने हामीलाई एन्फाले दिने भनेको ७ लाख मात्रै हो। तर सुदूरपश्चिम महिला फुटबल टिमले भने प्रत्येक खेल बराबर एक खेलाडीलाई तीन हजार तिर्नुपर्ने र व्यवस्थापक टिम पुरानै हुनुपर्ने माग राखेको हुनाले यो माग पूरा हुन असम्भव रहेको छ । हामीले पुरानो टिमलाई कहिल्यै पनि खेलबाट हटाउने मनासाय बनाएका थिएनौँ। तर उनीहरूको जिद्दी र सम्भव नभएको कुराले गर्दाखेरि हामीले नयाँ टिम बनाउन बाध्य भएका हौँ। यदि नयाँ टिमले यो पालीको खेलमा राम्रो अङ्क प्राप्त गर्न नसके पनि आउँदो दिनमा नयाँ तरिकाले प्रस्तुत हुनेमा आफू ढुक्क रहेका छौ ।
कप्तान अञ्जली चन्दले भने संघले घोषणा गरेको नयाँ २० जना खेलाडी रहेको टालीले आफुहरुसँग जितेर खेल खेल्न काठमान्डौँ जान सकोस् यदि संघले छनौट गरेका खेलाडी त्यतिकै अब्बल छन भने, भनेर सुदूरपश्चिम फुटबल संघलाई चुनौति समेत दिएकी छन् ।