धनगढी- कञ्चनपुरमा आयोजना हुने खबरदारी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएका छन ।
यही पुस १३ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न. ६ टाउन बजारमा रहेको खुलामञ्चमा उपस्थिति भई खबरदारी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष दाहाल आउने कार्यक्रम रहेको आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पुर्व प्रधानमन्त्री समेत रहेका दाहाल वर्तमान सरकारको खबरदारी गर्नका निमित्त पुनर्वास नगरपालिकाको प्रतिभानगर टाउन बजारमा रहेको खुलामञ्चमा सम्बोधनका लागि आउने र सुदूर पश्चिममा रहेका सम्पुर्ण कार्यकर्ता सँग भेटघाट गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका उप महासचिव एवम सुदूरपश्चिम इन्चार्ज गिरिराज मणी पोख्रेलले जानकारी दिए ।
सभामा कैलाली कञ्चनपुरबाट २० हजार भन्दा बढीको सहभागिता रहने माओवादी केन्द्रका कञ्चनपुर जिल्ला सयोजक खेमराज पाण्डेयले बताए । सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी नेता टेकेन्द्र प्रसाद भट्ट बिक्रमको संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ । त्यस्तै कञ्चनपुर संयोजक खेमराज पाण्डेयको संयोजकत्वमा ७९ सदस्यीय उप समिति गठन गरिएको छ ।
माओवादी नेता बिरबल बिस्वकर्मा को संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ भने रामबहादुर देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी नेत्रि माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ भने ओम बिक्रम भाट सरलको संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ । गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ भने नेत्रि दिपा चौधरी को संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ ।
नेता लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ भने नेता देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता ध्रुवीकरण समायोजन उपसमिति गठन गरिएको छ ।