धनगढी– सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत पुर्व प्रहरी नायव निरीक्षक मिनबहादुर बोहराको सोमबार विदाई गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको प्रमुख आतिथ्यतामा सेवानिवृत भएका प्रहरी नायव निरीक्षक बोहराको बिदाई गरिएको हो ।
नेपाल प्रहरी संगठनमा २०५२ बैशाख १५ गते प्रहरी जवान पदमा नियुक्ति भई २०८२ बैशाख १४ गते ३० बर्षे सेवा अवधि सफलतापुर्वक पुरा गरि अनिवार्य अवकास भएका पुर्व प्रहरी नायव निरीक्षक बोहराको बिदाई गरिएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लले निरन्तर रुपमा आफुलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै ३० बर्ष लामो अवधिमा संगठनमा पु¥याएको योगदानको उच्च कदर स्वरुप हार्दिक बधाई दिदै कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरे ।
उनले नागरिक जीवनमा पनि वर्दी विनाको प्रहरीको रुपमा समाजमा शान्ति–सुरक्षा र अमन चयन कायम गर्न प्रहरी लाई आवश्यक सहयोग गर्न आग्रह गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सुख र समृद्धिको लागि संगठनको तर्फबाट शुभकामना व्यक्त गरे ।
कार्यक्रममा अवकाश जान लागेका पुर्व प्रहरी नायव निरीक्षक बोहराले सशस्त्र द्वन्द देखि बिभिन्न राजनितिक परिवर्तनहरुमा राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापुर्वक सम्पन्न गरेको र प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनका अग्रजहरु तथा परिवारजनबाट समेत साथ, सहयोग र शुभेच्छा प्राप्त भएको भनि आफ्नो मन्तव्य व्यक्त गरे ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी उपरीक्षक नवराज कार्की लगायत सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।