पुर्व सूचना बिनै खाेलियाे छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका

दार्चुला–भारतीय पक्षले पुर्व सूचना बिना धौलीगंगा बाँधका ढोका खोलेको छ ।

विगतमा नेपाललाई पूर्व जानकारी (सूचना) पठाएर मात्रै बाँधका ढोका खोल्ने गरेको धौलीगंगा परियोजनाले आज विहान नेपाली समयानुसार ८ः१५ बजे बाँधका ढोका खोले पछिमात्रै जानकारी जिल्ला प्रशासनलाई पठाएको हो ।

भारतको पिथौरागढ जिल्ला छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाले सिल्ट सफाईको कार्य गर्न भन्दै विहान ८ः१५ बजेबाट बाँधका ढोका खोलेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

रियोजनाबाट सूचना प्राप्त भए लगत्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सार्वजनिक सूचना जारी गर्दै आज विहान ८ः१५ बजेबाट धौलीगंगा बाँधका ढोका खुल्ला गरिएको तथा भोली मिति २०८१ साउन १३ गते सम्म बाँधका ढोका खुल्ला रहने हुँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनु अनुरोध गरेको छ । भारतले बर्षातको समयमा सफाइ गर्ने भन्दै बेलाबेला बाँधका ढोका खोल्दै आएको छ ।

ad_wide