बुधबार, जेष्ठ १, २०८२

पूर्व विद्यार्थी मञ्चले चैत्र २९ मा ‘दुर्गालक्ष्मी दौडिन्छ’ हाप म्याराथन सञ्चालन गर्दै

 धनगढी – पूर्व विद्यार्थी मञ्चले खेलकुद मात्र नभई स्वास्थ्य र समाजिक एकताको पर्वका रूपमा ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन आयोजना हुन गइरहेको छ। दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सव पार गरी ५१ औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष स्वर्ण महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ। यसै सन्दर्भमा, विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था ‘पूर्व विद्यार्थी मञ्च, दुर्गालक्ष्मी माध्यमिक विद्यालय’ ले चैत्र २९ गते म्याराथन दौड आयोजना गर्ने घोषणा गरेको छ।

खेलकुदले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्ने कुरालाई ध्यानमा राख्दै यस म्याराथनको आयोजना गरिएको हो। समाजलाई स्वास्थ्यप्रति जागरूक बनाउनुका साथै विद्यालयका पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्ने उद्देश्य यस कार्यक्रमले बोकेको छ।

तर, यो प्रतियोगिता केवल दौडने र जित्ने कार्यक्रममा मात्र सीमित छैन। यस म्याराथनले सामाजिक सेवाको अभियान पनि अघि बढाउनेछ। प्रतियोगिताबाट संकलित रकम विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर विद्यार्थीहरूको छात्रवृत्तिका लागि खर्च गरिनेछ। त्यस्तै, विद्यालयका भौतिक संरचनाको विकास, पुस्तकालय विस्तार तथा आपत्कालीन राहत कोषको स्थापनाका लागि समेत रकम परिचालन गरिने योजना रहेको आयोजकले जनाएको छ।

oplus_2

प्रतियोगितामा जुनसुकै उमेर समूह तथा पेशा व्यवसायका महिला-पुरुष सहभागी हुन सक्नेछन्। सहभागीहरूका लागि रु. ५०० नाम दर्ता शुल्क तोकिएको छ, जसअनुसार विशेष चिन्ह अंकित जर्सी प्रदान गरिनेछ।

नाम दर्ता अन्तिम मिति: चैत्र २८ गते साँझ ७ बजेसम्म। इच्छुक धावकहरूले पूर्व विद्यार्थी मञ्चका विभिन्न प्रतिनिधिहरूसँग सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन्।

दौड मार्ग: प्रतियोगिता बिहान ६:३० बजे विद्यालय प्राङ्गणबाट सुरु भई तेघरीस्थित बनदेवी मन्दिर हुँदै पुनः विद्यालयमै समापन हुनेछ।

उत्कृष्ट धावकका लागि विशेष पुरस्कार

प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

प्रथम स्थान: रु. २१,१११

द्वितीय स्थान: रु. ११,१११

तृतीय स्थान: रु. ५,१११

विजेताहरूलाई नगद राशिसहित प्रमाण पत्र प्रदान गरिनेछ।

सम्पर्क जानकारी

कार्यक्रममा सहभागिता जनाउने इच्छुक धावकहरू निम्न प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नेछन्:

नारद प्रसाद भट्ट (९८५८४२४१७०)

राजन आचार्य (९८४८४२३४६८)

तेज खड्का (९८४८४२३५१४)

जानुका बराल (९८४८४२३८६२)

यशोदा भट्ट (९८६७७९३६९६) लगायतका आयोजकहरूसँग सम्पर्क गर्न सकिन्छ।

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नारद प्रसाद भट्ट ले सबैलाई यस म्याराथनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन्। विद्यालय, खेलकुद र सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण विद्यालय परिवार, स्थानीय समाज तथा सम्बन्धित निकायहरूको साथ आवश्यक रहेको उनले बताएका छन्।

ad_wide