प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन सम्पन्न

धनगढी – निजि तथा आवासीय विध्यालय अर्गानाईजेशन नेपाल, प्याब्सन कैलालीको १५ औं जिल्ला अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न अधिवेशनमा जयकृष्ण तिमिल्सिनाको अध्यक्षतामा १८ सदस्य चयन भएका हुन । जसमध्य वरिष्ठ उपाध्यक्षमा छत्रराज पण्डित, उपाध्यक्षमा राज ब. बुढा, सचिवमा चेत राज देवकोटा, कोषध्यक्षमा राम बहादुुर चन्द, सहसचिवमा जनक ब. विष्ट, सहकोषध्यक्षमा मोहन ढुङगाना, सदस्यहरु भुपेन्द्र तिमिल्सिना, हिरा दत्त भट्ट, पुष्कर भट्ट, रमेश दत्त शाही, लोक राज पन्त, डिकेन्द्र शाही, तेज राज कुवँर, पुष्कर मल्ल, मनोज चौधरी, गोरे डगौरा थारु, माधव थापा चयन भएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष जयकृष्ण तिमिल्सिनाले सवैको हकहित का लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ad_wide