धनगढी- प्रदेश निर्वाचन कार्यालय, कैलालीको आयोजनामा प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।
हिजो भाद्र ७ गते प्रदेश निर्वाचन कार्यालय, कैलालीको सभा हलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गरेका थिएर।
उक्त कार्यक्रममा सुदूरपश्चिमका ९ ओटै जिल्लाका निर्वाचन अधिकारी सहभागी रहेका थिए । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सहभागी सबै जिल्लाका जिल्ला निर्वाचन अधिकारीहरूलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रदेशभित्र रहेका सबै जिल्ला निर्वाचन कार्यालयका प्रमुखहरूले जिल्लागत प्रगति विवरण प्रस्तुत गर्दै यस वर्षको कार्यक्रम समेत निर्वाचन आयोगको कार्यक्रम बमोजिम सम्पन्न गर्ने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको थियो।