प्रधानमन्त्री दाहाल मन्त्रीपरिषद् पुनर्गठनको विषयमा साझेदार दलहरूबिच परामर्श गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श थालेका छन् । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग परामर्श गरेका हुन् ।

उनले केही दिन यता एमालेका अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग लगातार भेटवार्ता गरिरहेका छन् । भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन, मधेस सरकार गठन, सुदूरपश्चिम सरकार विस्तार लगायत संसद्को काम कारबाहीबारे छलफल भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

देउवासँगको भेट राजनीतिक सद्भावका रुपमा भएको बर्तौलाले दाबी गरे । सहकारी समस्या समाधानका लागि गठन भएको छानबिन समितिको काम कारबाही र संसद्को वातावरण सौहार्द्रपूर्ण बनाउन छलफल भएको बर्तौलाले बताए ।

ad_wide