प्रवासी नेपाली संघ भारतको अध्यक्षमा प्रेम ठकुल्ला

धनगढी- भरतमा प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति द्वारा संचालित पुर्बी नगर समिति बैंगलोर (ग) अन्तर्गत मारथली स्थित नेपाली जनसमुदायहरु बीच पुर्बी नगर समिति बैंगलोर (ग) का अध्यक्ष झंकर साउद को पहल मा भेला सम्पन्न भएको छ।

भेलामा कर्नाटक–केरला संयुक्त राज्य समितिका सचिव राजेन्द्र प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथि राज्य समिति उपसचिव रामप्रसाद जोशी रहेका थिए । त्यसैगरी अतिथिहरुमा राज्य समिति सचिवालय सदस्य एवं पुर्बी नगर समिति बैंगलोर (ग) का इन्चार्ज भरत बाब्ली पुर्बी नगर समिति बैंगलोर (ग) का सदस्य कमल शाही को उपस्थित रहेको थियोे ।

भेलाले प्रेम ठकुल्ला को अध्यक्षतामा १५ सदस्यीय मारथली प्रारम्भिक समितिको गठन गरेको छ जसमा उपाध्यक्ष करण बुढा, सचिव देविन्द्र बुढा उपसचिव मोती प्रसाद तिमिल्सिना आर्थिक प्रमुख खेम थापा सदस्य रमेश साउद, नारायण बुढा, डम्बर वयक, प्रकाश वयक भुपेश वयक, सपना वयक बुद्ध लक्ष्मी बुढा, जवरा तिमिल्सिना, दिल कुमारी शाही नियुक्त भएका छन ।

भेला द्वारा निर्वाचित कार्यकारिणी हरुलाई भेलाका प्रमुख अतिथि राजेन्द्र प्रसाद खनालले पद तथा गोपनियताको सपथ गराउदै प्रवासी नेपाली संघ भारत को बारेमा प्रशिक्षण मुलक मन्तव्य सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी भेलामा उपस्थित अतिथिहरु ले पनि प्रवासी नेपाली संघ भारत र प्रवासी नेपालीहरुको विषयमा मन्तव्य सहित कार्यकाल सफलताको शुभकामना दिएका थिए।

ad_wide