प्राकृतिक श्रोतमा आधारित व्यावसायिक योजना सम्बन्धी प्रशिक्षक प्रशिक्षण धनगढीमा सम्पन्न

धनगढी–प्राकृतिक श्रोतमा आधारित व्यावसायिक योजना सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालीम धनगढीमा सम्पन्न भएको छ । यु एस ए आइडी (जल जङ्गल) परियोजना अन्तर्गत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका २० स्थानीय तहका २० जना उद्यम विकाश सहजकर्ता हरूलाई तालीम प्रदान गरिएको हो ।

तालीममा स्थानीय स्रोतको पहिचान,सञ्चालनमा रहेका वनमा आधारित उद्योगहरूको अवस्था पहिचान,स्थानीय तहको पहल कदमीबारे जानकारी,प्राकृतिक स्रोतमा आधारित समस्याको पहिचान गराउने विषयमा प्रशिक्षण दिइएको थियो ।

परियोजनाका टिम लिडर भास्कर भट्टराई को अध्यक्षतामा भएको कार्यक्रममा सुदूर पश्चिमाञ्चल वन निर्देशनालयका कार्यकारी निर्देशक धन वहादुर विष्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा परियोजनाका अस्मिता ओझा, प्रमोद सुवेदी, लोकबहादुर नेपाली, राजेन्द्र कोली, पार्वती खडका लगायतले धारणा राखेका थिए।

मोचन भट्टराई र सुशील ज्ञवालीले प्रशिक्षण दिनुभएको कार्यक्रमको सञ्चालन भूपेन्द्र पाण्डेले गरेका थिए।

ad_wide