धनगढी – प्रेस चाैतारी नेपाल कैलालीले प्रकाशन गरेकाे नयाँ वर्ष २०८२ काे भित्तेपात्राे विमाेचन गरिएकाे छ । शुक्रबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयाेजना गरेकाे विशेष सभामा प्रेस चाैतारीले प्रकाशन गरेकाे भित्तेपात्राे विमाेचन गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पाेखरेल, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरू सभामा भित्तेपात्राे संयुक्त रूपमा विमाेचन गरेका थिए । प्रेस चाैतारीले वार्षिक कार्यक्रमअनुसार भित्तेपात्राे प्रकाशन गरिएकाे जनाएको छ । चाैतारीले भित्तेपात्राे प्रकाशनका अवसरमा सबैलाई नयाँ वर्ष २०८२ काे शुभकामना समेत व्यक्त गरेकाे छ ।