प्रेस चाैतारी कैलाली र दार्चुलालाई उत्कृष्ट शाखाकाे सम्मान

सनराईज टिभिन्युज धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले कैलाली र दार्चुलालाई उत्कृष्ट शाखाका रूपमा सम्मान गरेको छ ।

प्रदेश अधिवेशनको अवसर पारेर प्रेस चौतारी सुदूरपश्चिमले शुक्रबार दार्चुला र कैलाली शाखालाई उत्कृष्ट शाखाको रूपमा सम्मान गरेको हो ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिमका महासचिव शिवराज भट्टले दुवै शाखाले संगठन निर्माण र विस्तारमा उल्लेखनीय भूमिका खेलेका कारण प्रशंसा पत्रसहित सम्मान गरिएको बताए ।

   

कैलाली शाखाका तर्फबाट तत्कालीन अध्यक्ष भानुभक्त आचार्य र वर्तमान अध्यक्ष जनक विष्टले संयुक्त रूपमा प्रशंसा पत्र ग्रहण गरे भने दार्चुला शाखाका तर्फबाट अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले ग्रहण गरेका हुन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रदेश अध्यक्ष कृष्ण ओलीसहित संगठनका नेता र अधिवेशनका अतिथिहरूले दोसल्लासहित सम्मान गरेका थिए ।

ad_wide