प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन सुरु

धनगढी– प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको अधिवेशन सुरु भएको छ । शुक्रबारदेखी धनगढीमा प्रेस चौतारीको दोस्रो अधिवेशन सुरु भएको हो । अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले उद्घाटन गरेका छन ।

शनिबारसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा प्रेस चौतारी नेपालका ईन्चार्ज राजेन्द्र गौतम, नेकपा एमाले सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, पार्टिको स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, लिला भण्डारी, केन्द्रीय सदस्य खगराज अधिकारी लगायतको उपस्थिति रहेको छ ।

सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा सुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने जनाइएको छ ।

ad_wide