कञ्चनपुर, २१ चैत्र । उच्च अदालत दिपायल, इजलास महेन्द्रनगरको फैसलाले किर्ते कसुर मुद्दामा दोषी ठहर भएका कञ्चनपुरकाे पुनर्वास नगरपालिका–१ अंशुवर्माबस्ती निवासी २४ वर्षीय दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा चौधरीलाई उनको घरबाट प्रहरीले पक्राउ गरेको हो । अदालतको आदेशअनुसार उनलाई १ महिना कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी उनलाई कारागार चलान गर्ने तयारी गरेको जनाएको छ ।