फुल नफक्री कोपिलामै झर्नु छैन मैले-आर्या भट्ट

बालक बालिका अगाडि बढौं हामी सबै जति

नकरात्मक सोच गलत विचार नल्याउ मनमा अति

आमा र बाबा, भाई र बहिनी जानु पर्छ छाडी

पराई घरको दुःख सम्झेर रुन्छु सधैं राती ॥

 

आफू सानी छु कसो गरेर मेलापात धाउने

बालकैमा मा बिहे गरेर पराई घरमा जाने

मर्छन् कति आमा सानैमा बच्चा पाउने बेला

बन्द गरौं अब सबैले यो पापको खेल ॥

 

सुनको महल आकाशको तारा झार्छु भनी फसाउँछन्

दुख छ छोरी तिमीलाई पनि यी आँखा रसाउँछन्

रानी बनाई राख्छु भनेर ठुला कुरा गर्छन्

बिहे पछि दुख पाउँछन् छोरी, आत्महत्या गर्छन्, ॥

 

साथी र सङ‌गी पढ्नलाई गए म भने पराई घर

सानैमा बिहे गरेर थिएन दुख पाउने रहर

कसरी बसु यहाँ म एक्लै, आमा र बाबा तपाईको आभाव

रात कटाउँछु रोएर सधैं सहेछु दवाब ।

 

आमाको माया बाबाको काख यादले सतायो

पढने रहर सबै सपना नदीले बगायो

कसले पो सुन्छ आमा र बाबा यो दुःखको कथा

मनमा लुकाई बसेकी छु म सही मेरो व्यथा ।

 

आमा र बाबा मेरो भविष्य अन्धकार पार्नुभो

मेरो रहर मारेर मलाई, जीउँदै मार्नुभो

रात दिन त काम गर्नुपर्छ, खाना बिना यहाँ

दुई ढुङ्गा बीचको तरुल मैं भाछु जाऊँ म अब कहाँ ।

 

घरेलु हिंसा मानसिक तनाव म कसरी झेल्नु

छोरीको भविष्यमा कसैले खेलबाड नखेल्नु

कसैको मिठो बोलीमा हामी एकछिन नफसौं

आफू सचेत मन सम्हालेर सुरक्षित बसौँ।।

 

सबै बुझ्नु बालविवाह गर्नु छैन मैले

फुल नफक्री कोपिलामै झर्नु छैन मैले ।।

 आर्या भट्ट पन्चोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। 

ad_wide