काठमाडौं - बंगलादेशको पछिल्लो राजीनतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्ता समेत व्यक्त गरेको छ।
यसका अलावा मन्त्रालयले ज्यान गुमाउनेहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।