बिहिबार, जेष्ठ ८, २०८२

बझाङमा दुई बालिका करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

बझाङ- बझाङमा दुई बालिका करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा कन्चनपुरका ५१ वर्षीय धनबहादुर रोकाया पक्राउ परेका हुन् ।

ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए । रोकायामाथि अनुसन्धान भइरहेको उनले बताएका छन् ।

ad_wide