बझाङ- बझाङमा एक गर्भवती महिलाको अस्पताल लैजाने क्रममा बिचबाटोमै मृत्यु भएको छ ।
जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो । अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी २१ वर्षीया श्रीमती सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ । गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन ।
बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुबै जनाको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले बताएका छन । घटनाको विषयमा पछि मात्र जानकारी पाएको उनले बताए । यस्तो खबर आएपछि गाउँपालिकाबाट एम्बुलेन्स पठाए पनि आमा र शिशुलाई बचाउन नसकिएको उनको भनाई रहेको छ ।