धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बन्देवी मन्दिर व्यवस्थापन समितिले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी गौरा पर्व तथा कृष्णा जन्माष्टमी मनाइएको छ ।
धनगढी उपमहानगरपालिका २ मा रहेको मन्दिरमा लामो समयदेखि मन्दिर व्यवस्थापन समितिकै आयोजनामा कृष्ण जन्माष्टमी हुँदै आइरहेको छ।
मन्दिर व्यवस्थापन समितिकै लगानीमा कृष्ण जन्माष्टमी हुँदाखेरि मन्दिर व्यवस्थापन समितिलाई भार थाम्न भने गाह्रो भइरहेको छ ।
लामो समयदेखि गर्दै आएको कार्यलाई निरन्तरता दिन समेत गाह्रो भएको व्यवस्थापन समितिले जनाएको छ।
कार्यक्रममा अतिथिको रुपमा रहेका वडा नं २ का वडा अध्यक्षले कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण आमाबुवा दाजुभाईहरूलाई शुभकामना दिँदै कार्यक्रम सफलताको समेत शुभकामना दिएका थिए ।
आफूहरूले लामो समयदेखि कार्यक्रम आयोजना गरिरहँदा मन्दिरकै खर्चले सो कार्यक्रमको खर्च धान्न नसक्दा कार्यक्रम नै बन्द हुने अवस्थामा पुगिसकेको र वडा तथा नगरपालिका र सरकारी पक्षबाट यस्ता सांस्कृतिक तथा सुदूरपश्चिमको कला झल्काउने कार्यक्रमहरूमा सरकारको सहभागिता नहुँदा यस्ता कार्यक्रमहरू चलाउने गाह्रो हुने अवस्थामा पुगिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सेर सिंह चन्दले बताए ।