बाजुरामा छोरी नाता पर्ने ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

बाजुरा- बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका–२ नडाङ सनइवाडाका हर्क सनइको छोरी ८ वर्षीया बालिका विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ad_wide