लमजुङ - लमजुङमा मदिराले मातेका बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबिच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पुगाउन सकिएको भए निजको ज्यान जोगिन सक्ने तामाङका छिमेकीले बताएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाने क्रममा आज बिहान मृत्यु भएको हो ।