बुधबार, जेष्ठ १, २०८२

बालबालिकामा डरलाग्दो तरिकाले देखिदैँ ‘अटिजम’, अभिभावक पीडामा

धनगढी – प्रविधिको विकाससंगै पछिल्लो समय बालबालिकाहरुमा डरलाग्दो तरिकारले ‘अटिजम’ रोग देखिने गरेको छ । चिकित्सकका अनुसार प्रविधिको विकाससंगै भएको मोबाइल, ल्यापटप जस्ता साधनमा बढी झुमिने हुँदा बालबालिकाहरु एकहोरो भईदिने समस्या देखिने गरेको छ । सेती प्रादेशिक अस्पातलमा कार्यरत चिकित्सक डा. प्रदिप मिश्रले अटिजम भएकाहरुमा सामान्य बालबालिहरु भन्दा फरक क्रियाकलाप देखिने गरेको बताए ।

‘अटिजम के र कति कारणले हुन्छ ? अहिले नै थाह नभए पनि समाजमा यस समस्याबाट धेरै अभिभाकहरु पीडामा छन्’, सेती प्रादेशिक अस्पतालले बुधबार १८ औँ अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने । ‘बच्चाको गर्भ देखिकै वातावरणले प्रभाव पारेको हुन्छ । जन्मिएपछिको वातावण अझ महत्वपूर्ण हुन्छ ।’ अटिजम वंशाणुगत रुपमा समेत देखिने गरेको उनले बताए । अटिजम रोग बालबालिका दुई बर्ष भईसकेपछि बल्ला अभिभावकहरुलाई महशुष हुने गरेको उनको अनुभव रहेको छ । बाललिकाहरुलाई सामाजिक रुपमा घुलमिल गराउन आवश्यक रहेको उनको भनाई रहेको छ । ‘अहिले प्राय व्यक्तिहरु व्यस्त हुन्छन । आफ्ना नानी बावुहरुलाई मोबाइल दिएर भुलाउने गरेको पाईन्छ । यसले गर्दा बालबालिकाहरुमा नराम्रो प्रभाव पारेको हुन्छ ।’, उनले भने ।

अहिले अटिजम रोगका बारेमा सरकारले पनि चासोको साथ हेरेको हुँदा केहि भए पनि कम हुने उनले विश्वास गरे । अटिजम पुरुषमा बढी देखिएको उनको भनाई रहेको छ । उनले अटिजम एकैदिन उपचार सम्भव नभएको वातावरण भएमा विस्तारै सञ्चो हुने डा. मिश्रले बताए । उनका अनुसार सुदूरपश्चिममा ४ सय भन्दा बढी अटिजम भएका बालबालिकाहरु रहेका छन् । ग्रामिण क्षेत्रसम्म अध्ययन अनुसान्धान नभएको हुँदा यो संख्या अझ बढी हुने उनको भनाई रहेको छ । कार्यक्रममा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयले अटिजमका बिरामीहरुलाई उपचार गर्न काठमाण्डौँ जाने बाध्यता अन्त्य भएको बताए । सरकारले सेती प्रादेशिक अस्पतालमा सुरुवात गरेको हुँदा अन्य अस्पतालमा पनि सुरुवात गर्नुपर्ने सुझाए ।

सुदूरपश्चिममा अटिजम भएका बिरामीहरुको उपचार सेतीमा रहेको छ । सेतीमा मानसिक रोग विशिषज्ञ चिकित्सको व्यवस्था रहेको छ । चिकित्सकका अनुसार विश्वमा एक हजारमा एक प्रतिशत अटिजम रोग देखिने गरेको छ । अटिजम रोग संक्रमण भएका बाललिकाकाहरु सहजै उपचार नपाउँदा पीडामा रहेको पाइएको छ । बुधबार विश्व ‘अटिजम’ जागरूकता दिवस समेत मनाइएको छ । अन्तरक्रिया कार्यक्रमको सञ्चालन अटिजम सेती प्रादेशिक फोकल पर्सन गौरी जोशीले गरेका हुन् ।

१८ औं विश्व ‘अटिजम’ दिवसको अवसरमा धनगढीमा प्रभातफेरीको आयोजना गर्दै मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । सामाजिक विकास मन्त्रालयको समन्वय, अपाङ्गता अधिकार कोषको सहकार्य तथा राष्ट्रिय अटिजम केयर सोसाइटी नेपाल धनगढीको आयोजनामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

ad_wide