बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई यसक्षेत्रका बालबालिकाको उपचार तथा परामर्शका लागि धनगढी आउने गरेका छन् ।
विशेषगरी बालबालिकालाई एउटै रोग बल्झिरहने समस्याका कारण पीडित अभिभावकहरुले बढी लाभ लिन सक्नेछन् । लामो समयदेखि यस्तै रोगको पहिचान, उपचार र निदानमा बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई संलग्न छन् । बालबालिकालाई एउटै रोग बल्झिरहनुलाई घातक हुन नसक्ने उनी चेतावनी दिन्छन् ।
बालबालिकामा बढ्दो उमेरसँगै थुप्रै शारीरिक, मानसिक परिवर्तन देखापर्छन्। यही क्रममा कतिपय बच्चामा आनीबानी, हाउभाउ, जीवनशैलीमा केही असहज लाग्ने लक्षण देखिन सक्छन्।
त्यस्ता केही समस्या क्षणिक हुन्छन् भने कुनैलाई विशेष सल्लाहको जरुरत पर्न सक्छ। तीमध्ये अधिकांश सामान्य समस्या हुने भए पनि यसले अभिभावकमा धेरै चिन्ता हुन सक्छ।
बारम्वार विरामी भइरहने र रोग पत्ता नलागेका ९क्यान्सर रोग० बाहेकका बालबालिकाहरुको परामर्श सेवा प्रदान गर्नका लागि धनगढी को सारथी अस्पतालमा बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईले सेवा दिई रहेका छन् ।