बालमैत्री स्थानिय शासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम धनगढीमा शुरु

धनगढी-धनगढीमा बालबालिको भविश्यको लागि हातेमालो गरौँ हामी सबै लागौँ भन्ने मुल नाराका साथ धनगढीमा तीन दिने कार्यक्रम सुरु भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत तीन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । बालबालिकामा आजको समयमा किन लगानी गर्ने भन्ने बिषयमा छलफल गरीयको थियो ।

आजको बालबालिका भोलिको देश, समाज, परिवार जिम्मेवार नागरीक हुने भएकाले आजका बालबालिकामा प्रत्येक अभिभावकले लगानि गर्नु आवश्यक रहेको बताए ।

युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण नेपाल कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका पालिकाका कैलाली ,कञ्चनपुर , डोटी, बझाङ, बाजुरा ,१० ओटा स्थानिय तहका निकाय महिला तथा बालबालिका शाखाका प्रमुख , बालकलवका पुर्व अध्यक्षको, यस कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमा निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको हो

भने युनिसेफ नेपाल सुदूरपश्चिम प्रदेशका फिल्ड प्रमुख इन्द्रराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा नागरिक समाज सन्जालका परियोजना सयोजक नारायण पान्डेले गरेका थिए ।

ad_wide