सुदिप थापा धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बालविवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।
बेस संस्था (ब्याकवार्ड सोसाईटी एजुकेसन) र जस्ट राईट्स फर चिल्ड्रन संस्थाले सञ्चालन गरेको बालविवाह मुक्त नेपाल अभियानमा हस्ताक्षेर गर्दै मुख्यमन्त्री शाहले बालविवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका हुन् । हस्ताक्षर पछि मुख्यमन्त्री शाहले सरकार आफैले पनि बालविवाह अन्त्यका लागि लागि परेको बताए । बालविवाहका कारण किशोरीको स्वास्थयमा गभिर समस्या निम्त्याउने गरेको मुख्यमन्त्री शाहको भनाई छ । बेसले सञ्चालन गरेको बालविवाह बिरुद्धको अभियानमा मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई छ ।
बेसका केन्द्रिय कार्यबाहक अध्यक्ष यज्ञराज चौधरीले सुदूरपश्चिम संगै देशभरनै बालविवाह बिरुद्धको अभियान सञ्चालन भएको बताए । उम्मेर नपुग्दै हुने विवाहका कारण बालबालिकाको पढाईमा अबरोध पुग्ने, सारिरीक समस्या सिर्जना हुने र आर्थिक संकटमा पर्ने गरेका कारण वेसले बाल विवाह रोक्न देशव्यापि अभियान सञ्चालन गरेको उनले बताए । नेपालको कानूनले तय गरेको विवाह गर्ने उम्मेर अघि हुने विवाहलाई रोक्ने गरी सरकारी तथा गैर सरकारी निकाय संग मिलेर काम गरिने उनको भनाइ रहेको छ ।