बाल्मिकी स्कुलको चौथो वार्षिकोत्सव

धनगढी– सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खडकाले स्वदेशमै गुणस्तरिय शिक्षा प्रदान गर्न नीजि क्षेत्रका विद्यालयले महत्वपूर्ण योग्दान रहेको बताएका छन् ।

शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बाल्मिकी इन्टरनेश्नल स्कुलको चौथो वार्षिकोत्सवको समुदघान गर्दै मन्त्री खडकाले शिक्षामा बढ्दै गएको प्रतिष्पर्धाले गुणस्तरिय शिक्षामा जोड दिइरहेको बताएका हुन् ।

‘राम्रो शिक्षाको खोजिमा बालबालिका विदेश गइरहेका छन् । यसले ठुलो धनरासी विदेशी मुलुकमा खर्च भइरहेको छ’ उनले भने –‘अब्बल विद्यार्थी उत्पादन गर्न विद्यालयबिच प्रतिष्पर्धा बढीरहेको छ । यसले गुणस्तरिय शिक्षामा सुधार ल्याएको छ । यसकारण यस्ता नीजि विद्यालयहरुले बालबालिकालाई विदेश जानबाट रोक्न खोजिरहेको छ ।’

उनले विगतमा यस प्रदेशका बासिन्दाहरु शिक्षा लिन छिमेकी मुलुकमा जाने गरेको स्मरण गर्दै –‘अहिले प्रदेशमै विभिन्न संकायका क्याम्पस तथा विद्यालयहरु संचालन भएपछि धेरै हदसम्म रोकेको छ । अझ गुणस्तरिय शिक्षामा जोड दिई छिमेकी मुलुकमा जाने वातावरणको अन्त्य हुन जरुरी छ ।’

उनले शिक्षाबाटनै परिवर्तन सम्भव रहेकाले हरेक बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सरकारले जोड दिइरहेको बताए । उनले भने –‘शिक्षा बिना मानिस कुनै पनि प्रतिष्पर्धामा भाग लिन सक्दैन । शिक्षक, इन्जिनियर, डाक्टर लगायत हरेक क्षेत्रमा अहिले अब्बल मानिस उत्पादन गर्ने प्रतिष्पर्धा रहेको छ । यो प्रतिष्पर्धाको युग हो ।’

सुदूरपश्चिम र धनगढीमै सुविधा सम्पन्न स्कुल अभावले धेरै जनाले आफ्ना छोराछोरीहरुलाई भारतको नैनीताल, देहरादुन तथा काठमाण्डौंका महँगा स्कुलमा पढ्नका लागि पठाउने गरेको भन्दै यही गुणस्तरिय शिक्षा दिने उद्देश्यले चार वर्षअघि सो स्कुल संचालनमा ल्याइएको स्कुलका अध्यक्ष दिनेशराज भण्डारीले बताए ।

छोराछोरीलाई आफुभन्दा टाढा राखेर पठनपाठनका लागि पठाउँदा धेरै वेफाईदाहरु भोगेका अभिभावक र स्वयम सञ्चालकहरुले सो योजनाका साथ स्कुल संचालनमा ल्याएका थिए ।

विद्यालयका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंह, नसर्ग अस्पतालका सञ्चालक डाक्टर प्रदिप मिश्र, समाजसेवी, राजनीतिक दल, अभिभावक, सञ्चारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारी, अभिभावकहरुलाई सम्मानित गर्नुका साथै विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो ।

ad_wide