बाल कवि सुनिल बुढा (कछुवा) ले गरे अछामका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

धनगढी- बाल कवि सुनिल बुढा (कछुवा) ले अछामको मंगलसेन ५ स्थित रहेको षोड्शा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

सुनिल बुढाले रचना गरेको खण्डकाब्य सहर जाने बाटो’ बाट संकलित रकमबाट विद्यालयमा आश्रित बालबालिका तथा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झँकर प्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा आश्रित १५ जना बालबालिका र ४ जना दृष्टिविहीन विद्यार्थीलाई जनही झोला कापी कलम सहयोग गरिएको हो ।

शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइ लेखाइमा प्रोत्साहन दिलाउने कार्य गरेको भन्दै विद्यालयले बाल कवि बुढालाई धन्यवाद दिएको छ ।

कार्यक्रममा शैक्षिक सामाग्री वितरणका अभियान्ता प्रविन चन्द, बमबहादुर बिसी, विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटी अन्य शिक्षक पत्रकार लगायतको सहभागीता रहेको थियोे भने कार्यक्रममा भोजराज ढुंगाना र जगत नेपालीले सहजिकरण गरेका थिए ।

यस्तै लेखक सुनिल बुढाको सहर जाने बाटो खण्डकाव्य पुस्तकलाई मंगलसेन नगरपालिकाले ५० प्रती अछाम बहुमुखी क्याम्पसले १० प्रती सोड्शा माविले १० प्रती दिपशिखा बोडिङ स्कुलले ३ प्रति , स्टार बोडिङ स्कुलले ५ प्रती पुस्तक समेत खरिद गरेको छ। पछिल्लो समय बाल कवि बुढाको खण्डकाब्य सहर जाने बाटो सुदूरपश्चिम लगायत देश भरी नै चर्चित रहेको छ ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM