बाल विवाह अन्त्यका लागि धनगढी १७ मा गरियो बृहत् हस्ताक्षर कार्यक्रम

धनगढी- बाल विवाह अन्त्यका लागि धनगढी उप महानगरपालिका वडा नम्बर–१७ मा बृहत् हस्ताक्षर कार्यक्रम गरिएको छ ।

नेपालको संविधानमा विवाह गर्ने २० बर्ष उम्मेरहद कायम गरिएको भयपनि गाउँ समाजमा अझै कम उम्मेरमै विवाह हुने गरेकाले कम उम्मेरमा हुने विवाह रोक्न हस्ताक्षर सहित प्रतिवद्दता अभियान सञ्चालन गरिएको वेसका केन्द्रीय कार्यवाहक अध्यक्ष यज्ञराज चौधरीले बताए । बालविवाह अन्त्यका लागि बेसले देश व्यािप अभियान सञ्चालन गरेको समेत उनले उल्लेख गरे ।

कार्यक्रममा हस्ताक्षर सहित बाल विवनह अन्त्यका लागि प्रतिवद्दता जनाउदै सुदूरपश्चिमा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादु बमले बालविवाहका कारण आमा र बच्चाको स्वास्थ्य उच्च जोखिममा हुने गरेको बताउदै ब्राहमण समुसदायमा कन्या दान गर्ने भन्दै सानै उम्मेरमा विवाह गर्ने प्रचलनलाई अन्य समुदायले पनि अनुसरण गरेको उनले उर्दित गरे । राज्य मन्त्री वमले पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगका कारण स्वईच्छाले हुने बालविवाह बढ्ने गरेको अवस्थामा अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख गर्न सके सामाजिक सञ्जालको दुरूपयोग कम गर्न सकेमा यसको केही हद सम्म न्युनिकरण हुने उनको भनाइ रहेको थियो ।

प्रदेश सभा सदस्य तुलक्षी देवकोटाले २० बर्ष नपुगि गरिने विवाह गैर कानूनी हुने र अभिभावक मात्रै सचेत बनेर बालविवाह अन्त्य हुन नसक्ने बताए । बालबालिकाले पनि कम उम्मेरमा विवाह गर्दा कस्तो असर हुन्छ भन्ने कुरा बुझ्नु जरूरी रहेको साथै बाल विवाह अन्त्यका लागि व्यापक सचेतना कार्यक्रम सञ्चालन हुनु जरूरी रहेको बताए ।

धनगढी उपमहानगर पालिका १७ का वडा अध्यक्ष माधव रानाले बालविवाह न्यूनीकरणका लागि अभिभावक सचेत हुनु जरूरी रहेको बताए । उनले २० बर्ष मुनिको विवाहलाई कानूनले मान्यता नदिने र विवाह दर्ता, नागरिकता लगायतका सेवाबाट बञ्चित गर्ने गरेको बताए ।

ad_wide