बिशालनगर प्रहरी पोष्टको सफलता लागूऔषधसहित एक जना पक्राउ

धनगढी- कैलालीको धनगढीमा लागूऔषध सहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका २ शिक्षा कार्यालय नजिकबाट सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञानेन्द्र सिह धामी पक्राउ परेका हुन्। धामीलाई २६० मिलिग्राम लागूऔषधसहित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी सहायक निरिक्षक भुपेन्द्र बहादुर शाहीको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ad_wide