धनगढी- धनगढीको स्टेपिङ स्टोन इङ्लिश स्कूलबाट भर्खरै एसईई दिएका विद्यार्थीले डोटीको गडसेराको एक विद्यालयमा सहयोग गरेका छन्।
द राइजिङ बाल क्लबका संस्थापक सुनिल बुढाले जोरायल गाउँपालिका ५ गड्सेरामा अवस्थित श्री महेन्द्र आधारभूत विद्यालय गडसेरामा आफ्नो पहलमा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
उनले यस भन्दा पहिले पनि यस्ता थुप्रै सामाजिक कार्यहरु आयोजना गरिसकेका छन्। यसै २०८१ साल बैशाख ०३ गते उनको सहजीकरणमा बाजुरा जिल्लाको एक विद्यालयमा पोसाक वितरण समेत गरेका थिए।
एक महिना पनि न पुग्दौ उनले फेरी डोटी जिल्लाको जोरायल गाउँपालिका ५ गड्सेरामा अवस्थित श्री महेन्द्र आधारभूत विद्यालय गडसेरामा शैक्षिक सामग्री साथसाथै लत्ताकपडा बितरण गरेका छन्।
उनले धनगढीको गुरुजी ट्रेडर्स, सुदुरपश्चिम छात्रावास, समीर बूक्स एण्ड स्टेसनरी लगायत थुप्रै सहयोगी हातहरुसंग हातेमालो गरेर उक्त सहयोग गरेका हुन्। उनी र उनका समकक्षी खेमराज रावत गरि दुई जना स्वयं त्यस विद्यालयमा उपस्थित भएर उक्त कार्यक्रम गरेका थिए।
यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई बढाले धन्यवाद ज्ञापन गरेका छन्।