कोइला जस्तो मन सुन्दर अनुहारमा हुन्छ
जस्तो रंगीन पेन्टिङ खोक्रो दिवारमा हुन्छ
भ्रष्टाचार गरेको नेताको सफाई छापेको छ
कस्ले भन्छ झुटो मात्र कुरा अखवारमा हुन्छ
छोराको हजारौं गल्ती नदेख्ने यो समाज
छोरीको सानो गलती देख्न हतारमा हुन्छ
बुढी आमा लडेपछि हेर्नेको भिड लाग्यो
मानवता भन्ने कुरा कहाँ बजारमा हुन्छ
के दु:ख परेको रहेछ सोधे हुन्थ्यो कसैले
एउटा मान्छे जहिले नदी किनारमा हुन्छ
खेमा किनारा