बिहिबार, जेष्ठ ८, २०८२

बेला–बेला लागिरहन्छ झट्का यो दिलमा (गजल)

कहिले वाक्क लाग्छ कहिले प्यार लाग्छ

सानु यो प्रेमिकको जस्तो प्रचार लाग्छ,

 

उदाउँदा होस या त सुर्य अस्ताउँदा होस

तिमी बस्ने बस्तीमा नजर बारम्बार लाग्छ

 

धाक नलगाउ रुपको चाउरि नपर्दा मात्रै हो

असल बानिव्यहोरा बढी समझदार लाग्छ ।

 

बेला–बेला लागिरहन्छ झट्का यो दिलमा

सोच्छु चिरति पनि विजुलीको तार लाग्छ

 

यत्ति पनि कमजोर नबनाउ सम्बन्ध हाम्रो

जस्तो पलमै कागजको डुङ्गगा किनार लाग्छ

                                                    शान्ती प्रसाद जोशी (मुस्कान)

ad_wide