बेल्डाँडीमा निःशूल्क स्वास्थ्य शिविर गर्दै सिपी अस्पताल

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सिपी अस्पतालले निःशूल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा निःशूल्क स्वास्थ्य शिविर गर्न लागेको अस्पतालले जनाएको छ । विहान १० बजेदेखि शुरु हुने एक दिने स्वास्थ्य शिविर गाउँपालिकाको कार्यालयमा गर्न लागिएको अस्पतालले जनाएको छ । सो शिविरमा आफनो स्वास्थ्य परिक्षण गराई मौकाको फाइदा लिन सो क्षेत्रका बासिन्दासंग अस्पतालले अनुरोध गरेको छ । शिविर गाउँपालिका र अस्पतालको संयूक्त आयोजनामा हुने छ ।

ad_wide