धनगढी - बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वार्ड नं- ०१, रिम मल्ली डौरम बस्दै आएकआएका ३९ वर्षीय विष्णु साउद अर्थात् (बेशन) विगत लामो समयदेखि शारीरिक रूपमा असक्त रहेका थिए ।
त्यसैमाथि गत मङ्सिर २१ गरे गते बाख्रा चराउने क्रममा भीरबाट लडेर उनी सक्त घाइते भए । अहिले उनी ओछ्यानबाट उठ्न सक्ने सम्मको अवस्थामा पनि रहेका छैनन्। गत मंसिर महिना मा बाख्रा चराउने क्रममा भिर बाट लडेर घाइते भएका उनले दोगडाकेदार गाउँपालिका बैतडीको सहकार्यमा डडेलधुरा अस्पतालमा प्रारम्भिक उपचार गराएका थिए। तर उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण थप उपचार गराउन नसकी अहिले घरमै थला परेका छन्। उसै त जसो तसो गरी बिहान बेलुकाको छाक टारीरहेका उनको परिवारमा अहिले विचल्ली परेको छ ।
उनको घरमा उनी र श्रीमती सहित एक छोरा ८ वर्षका र अर्का छोरा १२ वर्षका छन्। उनीहरू पनि अहिले घरमा यस्तो अवस्था आएपछि विक्षिप्त बनेका छन्। बिहान बेलुका छाक टार्न समेत धौधौ परेको अवस्थामा घरमा यस्तो अवस्था आएपछि बाँच्नु न मर्नुको अवस्थामा पुगेको उनको श्रीमतीको भनाइ रहेको छ। दिनभरि मेलापात गरेर र खेतीपाती गरेर जसोतसो खानाको गुजारा चलाइरहेका थियौँ। घरमा श्रीमान सकुशल हुँदा कोही त छ भन्ने आस हुन्थ्यो अहिले श्रीमानले मृत्युसँग लडिरहँदा र उपचारको नाममा एक पत्ता सिटामोल किन्न समेत पैसा नभएको उनी बताउँछिन् ।
उसै त स्वास्थ्य अवस्था नभएका श्रीमान अहिले झन् भिरबाट लडेपछि न त राम्रोसँग बोल्न नै सक्छन् न त खाना खान उठ्न त परेको कुरा हो। हरेक नारीलाई आफ्नो श्रीमानभन्दा महान र ठूलो अर्को कुनै कुरा नहुने हुँदा अहिले उनको श्रीमानले उपचार नपाउँदा उनलाई झनै समस्या भएको छ। साथै उनले सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीलाई सहयोगको समेत अपेक्षा गरेकी छन्। सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीले सहयोग गरेर उनको उपचारमा तथा उनको परिवारको त्यो घाउमा मलम लाउन सकेमा त्योभन्दा अर्को ठूलो कुनै धर्म हुने छैन। अहिले उनलाई सहयोग जुटाउन स्थानीय युवा तथा विभिन्न संघसंस्थाबाट पहल भइरहेको स्थानीय युवा प्रेम कार्कीले बताए ।
उनलाई सहयोग गर्न
ग्लोवल आईएमई बैंक लगनखेल ब्रान्चमा रहेको विष्णु सिंह साउदको खाता नम्बर खाता ००७०७०१०१६९३६३ मा तथा उनको सम्पर्क नम्बर ९७६६९८४६२४ तथा उनका भतिजा नरेश साउदको सम्पर्क नम्बर ९७६९३८४५६६ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौँ। सेवा नै धर्म हो। जय मानव सेवा।
Account details:-
Global ime bank ltd. Lagankhel Branch
Name- Bishnu Singh Saud
A/c No.- 00707010169363