बुधबार, जेष्ठ १, २०८२

बैतडीमा काफल टिप्दा रुखबाट खसेर किशोरीको मृत्यु

धनगढी । बैतडीमा काफल टिप्दा रुखबाट खसेर किशोरीको मुत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकीकी १४ वर्षीय किशोरी सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनी बुधबार बिहान करीब साढे १० बजेतिर आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी थिइन् ।

उनको काफलको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारीले जानकारी दिए । उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

ad_wide