बैतडीमा कार दुर्घटना हुँदा दुइ जना घाइते

धागढी– बैतडीमा अल्टो कार दुर्घटना भएको छ ।

दुर्घटना हुँदा २ जना घाइते भएका छन्। धनगढीबाट दार्चुला जाँदै गरेको सुपप्र ०१००१ च ३८२१ नम्बरको अल्टो कार दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा कार चालक दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट र कारमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्दाजी २८ वर्षीय शेरबहादुर बोहरा घाइते भएका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेकोले राति नै जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा अस्पताल रिफर गरिएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

ad_wide