बैतडी– बैतडीमा भिरबाट लडेर एक युवतिको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ४ डबराली बस्ने २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो २ बजेको समयमा सोही वडाको जयसिंया भिरबाट घाँस काट्ने क्रममा लडेर महराको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्तले बताए ।
घाँस काट्ने क्रममा लडेकी महरा अन्दाजी तीन सय मिटर तल खसेकी थिइन् । उनको टाउको र खुट्टामा गम्भिर चामेट लागेको घटनास्थलमा रहनु भएका स्थानीय प्रताप महराले बताए । मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्, भने घरमा ८ महिने छोरा छन् ।