धनगढी– सुन्दर सुदूरपश्चिमको बैतडी जिल्लाका बिभिन्न स्थानमा रहेको पञ्चदेवल संरक्षण र प्रयटकको पर्खाइमा रहेका छन ।
बैतडीको दशरथ चन्द नगरपालिका वडा न.४ मा रहेको किम्वदन्ती (कथन) अनुसार द्वापर युगमा वनबास यात्राको क्रममा पाण्डव हरुले एकै रात मा निर्माण गरेका देवल हुन भन्ने मान्यता रहेको छ । बैतडीमा रहेका अलौकिक पर्यटकिय तथा धार्मिक स्थलहरु प्रसार प्रसारको अभावमा ओझेलमा परेका हुन । अदभुत वास्तुकला, शिवकुण्ड मान्यता अनुसार द्वापर युगमा पाण्डव हरुले वनबासको समयमा बनाएको भन्ने जनश्रुति रहिआएको छ ।

यहाँ निर्मित स्तंभ हरु ६ ओटा पूर्ण बनेका र सातौं अधुरो बनेको देख्न सकिन्छ जनश्रुति अनुसार ६ देवल बनाई सकेपछि सातौं बनाउने क्रममा उज्यालो हुन गएको र त्यसैले सातौं देवल अधुरै रहेको हाल समेत देख्न सकिन्छ । अहिले यो पवित्र स्थल नेपाल पुरातत्व विभागको रेखदेखमा रहेपनि संरक्षण र प्रसारपचारको अभाव रहेको बैतडीको दशरथ चन्द नगरपालिका वडा न. ४ देवलहाँटका स्थानिय उद्धव सिंह मार्कण्डले बताए । उनले भने “दर्शन गर्न चाहनेले जहिले पनि यता आउन सकिन्छ। जे पनि कोरिएको अथवा बनाइएको छ त्यो सबै ढुङ्गा मा नैं छ त्यसैले अहिलेको बिज्ञान तथा प्रबिधिको यूगमा समेत यस्तो हस्त निर्मित बनाउनु पर्यो भने असम्भव जस्तै लाग्छ । आँखाले हेर्दैमा लाग्छ कि यी स्थल हरु हालका वर्ष हरुमा निर्माण त गरिएका होइनन” ?

बैतडीका पवित्र पञ्चदेवल धाम बारे यहाँका स्थानिय व्यक्ति हरु बाट प्राप्त जानकारी अनुसार २०७९ पोष ३ गते पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको थियो भने यो मन्दिर एकै रातमा पाण्डवहरूले निर्माण गरिएको किम्बदन्तीे छ। यो सम्पदा २०६४ सालमा पुरातात्विक विभाग रामशाहपथ काठमाडौंमा दर्ता भएको थियो । स्थानिय उद्धव सिंह मार्कण्डका अनुसार सुदुरपश्चिम प्रदेशभरि दुर्लभ लाखेनाँच, गौरा पर्वको अवसरमा यसै क्षेत्रमा मनाइने गरिन्छ । पञ्चदेवल रहेको स्थानमा २०३६ सालमा शंकर आचार्य नरहरी योगी महाराज आउनु भएको समेत भनाई स्थानियको भनाई रहेको छ ।

स्थानिय भन्छन यस पवित्र स्थललाई पञ्चदेवल मनिए पनि यहाँ सात वटा देवलहरू रहेका छन । उनिहरुका अनुसार यो मन्दिर पाण्डवहरुले निर्माण गरेको हुनाले यस मन्दिरको नाम पञ्चदेवल रहन गएको हो । पञ्चदेवल शिव धाम सप्तदेवलमा पुरानो शिलालेख छ। उक्त शिलालेखमा लेखिएको अक्षर आज सम्म कसैले पनि बुम्न नसक्ने खालका छन् । परम्पारा देखि नै पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर मुल पुजारी भट्ट परिवार र पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर भण्डेर मार्कण्ड परिवार रहने प्रचलन रहेको छ । पञ्चदेवल नजिकै कालभैरवको मन्दिर समेत रहेको छ। त्यस्तै पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकैे शिव कुण्ड पनि छ । पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै सहस्रलिंग समेत रहेको छ जसको दर्शन गर्न मात्रै नेपाल र भारतका बर्षैनी लाखौ भक्तजन आउने गर्दछन्। हस्रलिंगमा १ हजार ८ शवलिंग कुँदिएका छन् । बैतडीमा रहेका देवालय सहस्रलिंग शिंवकुण्ड धार्मिक रुपमा मात्रै नभएर ऐतिहासिक र पर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेका छन् । यस्ता सम्पदाहरुको समयमै उचित संरक्षण र प्रसाप्रचार गर्न सकेमा समग्र बैतडीको मात्रै नभएर राष्ट्रकै अर्थतन्त्रसमेत सबल बन्ने सम्भावना बोकेको छ । तर स्थानिय सरकार र केन्द्र सरकारको ध्यान यस्ता क्षेत्रमा केन्द्रत नहुँदा ओझेलमा परेका छन ।

हुनत नेपालसरकारले यस्ता सम्पदा हेर्न भनेर र पर्यटकिय स्थलको संरक्षणको लागि पर्यटन बोर्ड लगायतका बिभिन्न निकाय सञ्चालन गरेको छ । नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउने लक्ष्यका साथमा देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवद्र्धन गर्ने हेतुका सर्वप्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ (दुई) वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ । तर यी निकायको नजरमा बिकट क्षेत्रमा रहेका ऐतिहासिक सम्पदा नपर्दा देशमा पर्यटकको संख्यामा कमी आएको मान्न सकिन्छ । आशा छ सरकारी पक्षबाट आगामी दिनको बजेट र्तजुमामा यो क्षेत्रले समेत स्थान पाउने छ ।
