धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ब्राइट–वे मण्टेश्वरी स्कुलले आफनो प्राङ्गणमा निर्माण गरेको बालबालिकाका खेल्ने मैदान (ट्रष्ट) संचालनमा ल्याएको छ ।
बुधबार एक समारोहकाबिच धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र शाहीले (गज्जु)ले रिवन काटेर ट्रष्ट संचालनमा ल्याएका हुन् ।
सो अवसरमा वडा अध्यक्ष शाहीले विद्यालयले वालबालिकामैत्री खेलमैदान संचालनमा ल्याएकोमा आभार व्यक्त गर्दै विद्यालयले आगामी दिनमा नयाँ र आधुनिक प्रविधिमा शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताए ।
विद्यालयका प्रिन्सीपल कुवेरजित साउँदले आधुनिक तरिकाले बालबालिकालाई खेल्ने साधन राखेर ट्रष्ट संचालनमा ल्याएको बताउँदै ‘जुनसुकै मौसम गर्मि, वर्षा तथा हिउँदमा पनि बालबालिकाले आरामदायिक ढंगले ट्रष्टभित्र खेल्न सक्ने छन् ।’
विद्यालयकी मण्टेश्वरी संयोजक सिना बोहराले बालबालिकालाई देखाएर, महशुष गराएर तथा सुनाएर शिक्षा दिनमा जोड दिइरहेको बताइन् । उनले बालबालिकाको सर्वाङ्गिण विकासमा विद्यालयले जोड दिइरहेको बताइन । उनले बालबालिकाको सिपमा जोड दिएर उनीहरुको भविष्यलाई सुरक्षित बनाउने कार्य विद्यालयको मुल धय रहेको बताउँदै –‘यहाँका शिक्षकहरु नयाँ–नयाँ विधि तथा प्रविधिलाई जोड दिइरहेका छन् ।’