धनगढी- भानुजयन्तीको अवसरमा अत्तरियामा अन्तरविद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ।
नेपाल मानव धर्म सेवा समिति सिद्धि क्षेत्र आश्रम अत्तरिया कैलालीको आयोजनामा प्रतियोगिता हुन लागेको हो। नेपाली संस्कृति तथा नेपालका वीरपुरुषहरूको सम्झनामा नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। त्यस्तै भानु जयन्तीको अवसरमा भोलि अर्थात् असार २९ गते कविता प्रतियोगिता आयोजना गरिएको नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र आश्रम प्रमुख महात्मा क्षमा बाइजी बताइन्।
उक्त कार्यक्रम श्री सुयस आश्रम अत्तरिया सत्संग हलमा दिउँसो १ बजेदेखि हुने समेत उनले बताएकी हुन्।