एजेन्सी- भारतको तमिलनाडु राज्यमा विषाक्त रक्सी खाएर एकैदिन २५ जनाको मृत्यु भएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गए राति भएको घटनामा अरू ६० जनाभन्दा धेरै बिरामी भएका छन् ।
प्रहरीले झन्डै दुई सय लिटर विषाक्त रक्सीसहित एक जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो दैनिक ज्यालादारी मजदुर छन् । घटनाबारे थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।