कैलाली:सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको छ ।
नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले आयोजना गरेको सुदुरपश्चिम सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले रोजगारीको शिलशिलामा भारत जाने श्रमिकलाई बीमालाभमा समेट्नु पर्ने बताउदै यसतर्फ प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको हो ।
महिला स्वंयम सेविकाको बीमा सरकारले गर्नुका साथै महिला शिक्षिकाहरुको हकमा सरकारले प्रतिव्यक्ति २ हजार अनुदानमा दिदै आएको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो । साथै उहाँले कृषि बीमाका लागि प्रदेश सरकारले विशेष योजना ल्याएर बढी भन्दाबढी किसानलाई सहभागी गराउने बताउदै बीमा गरिसकेपछि बीमाबाट पाउँने लाभ झन्झटिलो भएकोले प्रविधिको भरपुर प्रयोग गरि सहज वातावरण मिलाउन सुझाब दिनुभयो ।