पलिया, (लखीमपुर खीरी)– भारत र नेपाल बीच विश्वास र सीमा सुरक्षालाई लिएर भारतको पलियामा भारत–नेपाल समन्वय बैठक भएको छ ।
आइतबार बसेका बैठकले सिमा सुरक्षादेखि सिमामा हुने तस्करी नियन्त्रण गर्नेमा बढी केन्द्रित भएको हो ।
पलिया स्थित ३९ बटालियन एसएसबी गदनियामा महत्वपूर्ण समन्वय बैठक बसेको थियो । सो बैठकमा भारतका तर्फबाट लखीमपुर खीरी जिल्लाका डीएम दुर्गा शक्ति नागपाल, एसपी संकल्प शर्मा, वन विभाग तथा एसएसबी का अधिकारी उपस्थित रहेका थिए भने नेपालकातर्फबाट कैलाली र कंचनपुरका जिल्लाका वरिष्ठ अधिकारीहरु सहभागि भएका थिए ।
बैठकको शुरुवातमा दुई देशका प्रतिनिधिद्वारा परिचय सत्र भएको थियो । जिसमा एकअर्का देशप्रति विश्वास र सहयोगका साथै सम्बन्ध बलियो बनाउनमा विशेष जोड पुगेको थियो ।
प्रतिनिधिहरुले सीमावर्ती मुद्दाको सौहाद्र्र र पारस्परिक समझदारीका साथ सुलझाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा सीमा स्तंभ, नो मैन्स लैंडमा अतिक्रमण, शंकास्पद व्यक्तिहरुलाई रोक्ने उपाय, सीमा चौकी, मादक पदार्थको तस्करी, मानव तस्करी, सवारी चोरी, आपराधिक गतिविधिमा नियंत्रण, अवैध शिकार, अवैध वन फडानीमा गहन छलफल भएको थियो ।
यसका साथै सिमामा कडाई गरिने, अपराधमां रोक लगाउनेसहितका विषयमा चर्चा भएको थियो ।
बैठकमा अधिकारिहरुले मादक पदार्थको तस्करी, अपराधकामा धर पकड़ रोक्न सीमाका दुई तर्फबाट के गर्न सकिन्छ, अंतरराष्ट्रीय सिमा को दुबै तर्फबाट अपराधिमा रोक लगाउने आदि महत्वपूर्ण मुद्दामा चर्चा भई कार्ययोजना बनाइएको छ ।
डीएम दुर्गा शक्ति नागपालले भारतका तर्फबाट नेपालबीच मात्र भौगोलिक सीमा नभई ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताए ।
एसपी संकल्प शर्माले सीमा सुरक्षा तब सम्भव छ जब दुई देशमा एकअर्कासंग निरन्तर संवाद हुनुपर्ने बताए ।
उनले सूचना निरन्तर आदान–प्रदान गर्दै संयुक्त कारबाहीलाई प्रभावकारी प्रणालीमा विकसित गरिनुपर्ने बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कंचनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकलले भारत र नेपाल को सम्बन्ध वर्षौदेखिको रहेको र यो सम्बन्ध गहिरो र विश्वासमा कायम रहेको बताए । उनीहरुले सिमा भौगोलिक रुपमा मात्र विभाजन रहेको भएपनि सामाजिक र सांस्कृतिक परम्परासंग पनि जोडिएको बताएका हुन । उनीहरुले सीमा क्षेत्रको शांतिपूर्ण, सुरक्षित र अपराधमुक्त बनाउनुनै प्राथमिकता रहेको बताएका हुन ।
साझा संकल्पः सुरक्षित र अपराधमुक्त सिमा
बैठकमा दुई देशका अधिकारीहरुले सिमा क्षेत्रको सुरक्षित, अपराधमुक्त र शान्तिपूर्ण बनाउनका लागि निरन्तर संवाद र सहयोग जारी राख्ने संकल्प गरेको छ । भविष्यमा पनि यस्ता समन्वय बैठकलाई नियमित केही अन्तरालमा आयोजना गर्ने सहमति भएको हो ।
बैठकमा भारतकातर्फबाट डीएम दुर्गा शक्ति नागपाल, एसपी संकल्प शर्मा, डीएफओ सौरीस सहाय, सशस्त्र सीमा बल ३९ वीं, ४९ वी, ७० वी र ०३ बटालियलका कमाण्डर, एडीएम संजय कुमार सिंह, एसडीएम राजीव निगम, रत्नाकर मिश्रा, सीओ महक शर्मा, यादवेद्र कुमार, जिल्ला आबकारी अधिकारी राजवीर सिंह, औषधि निरीक्षक, अधीक्षक सिस्टम संजय मिश्रा सहित विभिन्न विभागका अधिकारीहरुको उपस्थिति रहेको थियो भने नेपालका तर्फबाट कंचनपुर र कैलालीका वरिष्ठ अधिकारीहरु उपस्थित रहेका थिए ।
बैठकमा सीडीओ कैलाली गोगन बहादुर हमाल, सीडीओ कंचनपुर लक्ष्मण ढकल, एसीडीओ किरण जोशी, परसु राम पोखरेल, एसपी पदम बहादुर बिस्ट, चक्रराज जोशी, एसपी (एपीएफ) सुरेंद्र राज रंजीत, लोकेन्द्र देवभट्ट, सब इन्वेस्टिगेशन डायरेक्टर मोहन बहादुर कुवंर, नरेश बहादुर बम, डिविजनल फॉरेस्ट ऑफीसर राम बिचारी ठाकुर, रामचन्द्र कैंडेल, कृष्णा भट्ट, सीनियर कंजर्वेशन ऑफिसर चन्द्रशेखर चौधरी, वरिष्ठ मंडल इंजीनियर डंबर प्रसाद धीतल, प्रशासनिक अधिकारी शिव राज जोशी, कस्टम अधिकारी प्रकाश तिमिलसेना, इंजीनियर प्रमोद चौधरी, पशु स्वास्थ्य तकनीशियन पुष्पा धामी उपस्थित रहेका थिए ।