धनगढी १८ जेठ/भारत राजस्थानको एक घरबाट लाखौंको गरगहना र नगद चोरी गरी भाग्न लागेका दुई नेपाली पक्राउ परेका छन् । त्यहाँबाट चोरी गरी फरार भएका डोटी सिलगढीका सुरेन्द्र आउजी र विनोद आउजी पक्राउ परेका छन् । चोरीमा संलग्न रवि आउजी पनि फरार भएका छन् ।
उनीहरुको साथबाट नगद एक लाख ६४ हजार र करिब १५ लाख बराबरको सुनका गरगहना बरामद गरेको छ । राजस्थान प्रान्तको डिडवाना जिल्लाको पर्वतसर थानामा मोद सिंहका छोरा घनश्याम सिंह, फतेहलाल नगर, किशनगढ, जिल्ला अजमेरले घरमा बस्ने नेपाली कामदारले चोरी गरेको प्रहरीमा उजुरी पनि उनीहरुको खोजि भैरहेको थियो ।
राजस्थान प्रहरी पलिया कोतवालीका इन्चार्ज विवेक उपाध्यायको अनुसन्धानमा बन्सीनगर प्रहरी चौकीले पक्राउ गरेको बताईएको छ । पलिया कोतवालीका अनुसार बरामद भएको गहना र नगदसहित दुवै अभियुक्तलाई राजस्थान लगिएको बताईएको छ ।