बुधबार, जेष्ठ १, २०८२

“भुने रोटी”लाई केकमा ब्रान्डीङ्ग गर्दै धनगढीको चियाकफी घर

धनगढी –
धनगढीको एल एन चोक लक्ष्मी नारायण मन्दिर सामुन्ने छ चियाकफी घर । धनगढीका चिया पारखी विहान दिउँसो बेलुकी भेट भएर गफिने र चियाको चुस्की को आनन्द लिएर बस्ने गर्दछन् ।
एलएन चोकमा रहेको चियाकफी घरमा पाइन्छ “भुने रोटी” अर्थात निसोसे रोटी ।
जन्मदिन, विवहा लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यमा केक काट्ने र खाने चलन छ । स्वास्थ्य विज्ञका अनुशार केकमा विभिन्न हानिकारक खाद्य पदार्थ मिलाएर केक बनाउने हुदा स्वास्थ्यमा गम्भिर समस्या निमत्यउने गर्दछ ।
हानिकारक केमिकल मिलाएरको केक को विकल्पको रुपमा चियाकफी घरले निसोसे लाई केकको रुपमा ब्रान्डीङ्ग गरि विक्रि गरि रहेको छ । धनगढीको मालपोतमा रहेको चियाकफि घर, एल एनचोकमा रहेको चियाकफि घर र निर्माण भवनमा रहेको चिया कफि दरवारमा “भुने रोटी” अर्थात निसोसे केक पाईने सञ्चालक खेम राज जोशीले जानकारी दिए । उनले निसोसे स्वास्थ्यका लागि स्वस्थकर हुने हुदा यसलाई केकको विकल्पको रुपमा प्रवद्र्धन गरिरहेको उनले बताए ।

जन्मदिन वा बिभिन्न कार्यक्रममा हेल्थी केकको रुपमा “भुने रोटी” बजारमा ल्याएको सञ्चालक जोशीको भनाई छ । प्रति केकको मूल्य ५०० रहेको र संगै निशुल्क दिया बाती दिने गरेको जोशीको बताए । चामलको पिठो, दही, चिनी र घ्यूको मिश्रणबाट निसाउसे बनाइने भएकाले स्वास्थ्यका लागि राम्रो हुने जोशीले बताए ।

जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण देउवाले सवै पत्रकारहरुको केक कटेर जन्मदिन मनाईदिने गर्नु भएको छ  । केकले स्वास्थ्यलाई असर पर्ने भएकाले चिया कफी घरका सञ्चालक खेमराज जोशी संग सहकार्य गरेरर केकको रुपमा निसोसेलाई प्रयोग गरि जन्मदिन मनाउन सुरु भयो । धनगढीमा पहिलो पटक “भुने रोटी” को केक वाट मेरा जन्मदिन मनाईएको थियो यसको प्रवद्र्धन गर्न जरुरी रहेको पत्रकार कृत विष्टले बताए । यसले स्वस्थ्यमा समेत फाईदा गर्ने उनले भनाई छ

चियाकफी घरमा महाराजा चियाका साथै फाफरको पकौडा, भेज मःमका साथै मकै र कोदोको रोटी समेत पाईने सञ्चालकले बताएका छन् ।

ad_wide