सनराईज टिभिन्युज
धनगढी– कैलालीको धनगढीमा राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु आउने भएका छन् ।
‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा सुदूरपश्चिम प्रदेशको आयोजनामा फागुन १८ गते आमसभा हुन लागेको हो ।
धनगढीको पार्कमोडमा हुने आम सभालाई लिङ्देनसहित उपाध्यक्षद्वय विक्रम पाण्डे, धुवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत आइतबार धनगढीमा आमसभा गरिन लागेको पार्टीले जनाएको छ ।
यसअघि अत्तरियादेखि धनगढीको ट्राफिक चौराह हुँदै क्याम्पसरोड र क्याम्पसरोड हुँदै पार्कमोडसम्म बृहत मोटरसाईकल ¥याली गरिएको थियो ।
देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना पार्टीले गरिरहेको छ ।