सुदिप थापा धनगढी - मजगाउँ माघि महोत्सवमा सुदूरपश्चिमका मुख्यमन्त्रि कमल बहादुर शाहलाई थारु कल्याणकारिणी सभा गोदावरी नगर कमिटिले ज्ञापन पत्र बुझाएको छ ।
सस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृषि प्रवद्र्धनका लागि एक जुट हौऔं भन्ने मुला नाराको साथ नगर स्तरीय माघी महोत्सव २०८१ शनिवार देखि गोदावरीको मजगाउँमा सुरु भएको हो । उक्त महोत्सवमा थारु कल्याणकारिणी सभाका नगर सभापति जनकलाल चौधरी लगाएतले ज्ञापन पत्र हस्तान्त्रण गरेका हुन । ज्ञापन पत्रलाई पढेर सुनाउदै सभापति थारुले गोदावरी नगर स्तरिय निर्माणधिन मजगाउँ थारु संग्राहलय निर्माणका लागि आवश्यक बजेट विनियोन गरियोस, मजगाउँ थारु होमस्टे प्रवद्र्धन तथा व्यवस्थापन गरियोस, मजगाउँ होमस्टे संग जोड्ने मजगाउँ देखि सिद्धबावा मन्दिर हुँदै फकलपुर गाउँ सम्म पिचरोड निर्माण कार्य सम्पन्न गर्ने कार्य तिव्रता दिईयोस, फकलपुर देखि जमुना नगर सम्मको कृषि सडकको रुपमा कालोपत्रे योजनामा बजेट विनियोजन होस, मजगाउँ देखि भल्का जोड्ने सडकको मर्मत सम्भार होस, श्रीपुर देखि बडेहा सम्मको सडक कलो पत्रे होस, मजगाउँ देखि जोनापुर जोडने भित्री सडको स्तरोन्नति गारियोस, यस गोदावरी नगर भित्रका पर्यटकीय क्षेत्र भल्का, सिद्धबाबा, हाटखोली, गोलादेउ, गोदावरी धाम लगायतलाई प्रवर्दन गरियोस, खुटिया ततबन्धन योजना तत्काल सुचारु गर्न आवश्यक पहल होस, धनगढी स्याउले हुँदै दिपायल जोड्ने द्रुत मार्ग निर्माण कार्य तिब्रता दिन आवश्यक पहल होस, गोदावरी न.पा. ८ खुटिया पुल देखि दक्षिण समैजी सामुदायिक बनको किनारमा आर्यघाटको व्यवस्थापन गरियोस भन्दै उनले मुख्यमन्त्रिलाई ज्ञापन पत्र बुझाएका छनु ।