सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयको उपकूलपतिमा प्रा।डा। ध्रुवकुमार गौतम नियुक्त भएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति पुष्पकमल दाहालले प्रा।डा। गौतमलाई उपकूलपतिमा नियुक्त गरेका हुन् ।
गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।
मध्यपश्चिम विश्वविद्यालयको उपकूलपतिमा सिफारिस समितिले प्रा। डा। नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा। डा। धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो ।
उपकूलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।