मनकामना युवा क्लबको आयोजनामा हुने यु १९ फुटबल प्रतियोगिताको तयारी पुरा, खेल तालिका सार्वजनिक

धनगढी,१ चैत । मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को ओजनामा हुने निर्सग छैटौ प्रदेश स्तरिय यु १९ फुटबल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ ।

मनकामना युवा क्लबका अध्यक्ष कृष्णराज पाण्डेले सम्पुर्ण तयारी पुरा भएसंगै खेल तालिका समेत सार्वजनिक भएको जानकारी दिए । चैत २ गते देखि ६ गते सम्म संञ्चालन हुने प्रतियोगितामा कैलाली, कञ्चनपुरका उत्कृष्ट १० वटा क्लबको सहभागीता रहेको छ ।

प्रतियोगिता अन्तरर्गत पहिलो खेल विजय स्पोर्टस क्लब संग सेक्युर नेपाल विच प्रतिस्पधा हुने छ । त्यस्तैै प्रतियोगितामा कालिका क्लब, संघर्स स्पोर्टस क्लब, लालझाडी युवा क्लब, फुलवारी ११, नमौबुद्ध युवा क्लब, कैलारी युथ युनाईटेड, सैपाल युवा क्लब र आयोजक मनकामना युवा क्लबको सहभगिता रहको अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टीमले कर कट्टी गरी १ लाख पैतिस हजार र उप विजेताले ७० हजार पुरुस्कार पाउँने क्लबका पुर्व अध्यक्ष तथा कैलाली जिल्ला पुटबल संघका निवतमान कोषाध्यक्ष डबल थापाले बताए ।

उनले ५ दिन सम्म संञ्चालन हुने प्रतियोगितामा ५ हजारका दरले विद्यागत पुरुस्कार पनि प्रदान गरिने बताए । त्यस्तै प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री प्रकाश बहादुर देउवाले गर्ने थापाले जानकारी दिए । थापाले प्रतियोगितामा मुख्य प्रायोजक निर्सग अस्पताल प्राली र मुख्य प्रर्वद्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको बताए ।

ad_wide